समाचार
फालेलुङ गाउँपालिकाको परिचय
फालेलुङ गाँउपालिका नेपालको सुदुरपूर्वमा पर्ने पाँचथर जिल्लाकको पनि सुदुरपूर्वी गाँउपालिका हो । भारतको पश्चिम बंगाल र सिक्कमसंग सिमाना जोडिएको यस गाउँपालिकामा कृषि, पर्यटन व्यवसयमा थुप्रै सम्भावनाहरु रहेका छन् । लेकाली बनस्पति र जडीबुटीको भण्डार रहेको यस पालिकामा पर्यटन आगमनकको समेत उत्तिकै सम्भावनाहरु रहेका छन् । फालौट क्षेत्र पर्यटन गन्तव्यको आर्कषण केन्द्र हो भने नेपाल र भारतको सिमाना समेत रहेको यस भेगमा वर्षमा ४ महिना हिंउले ढाकेको हुन्छ । लालिगुँरासको मनोरम दृष्य समेत यहाँबाट अवलोकन गर्न सकिने सम्भावनाहरु छन् । पशु व्यवसायको रुपमा गाईपालन, चौरीपालन यस गाँउपालिकाको प्रमुख आय स्रोत हो भने यहाँ उत्पादित छुर्पी, घिउ भारतको पश्चिम बंगाल, सिक्किम आदि क्षेत्रमा बिक्री वितरण हुन्छ । कुल २०७.१४ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस गाउँपालिकामा ४८४१ घरधुरी मा ११५६४ महिला र १०३२० पुरुष गरी २१८८४ जना मानिसहरुको बसोबास रहेको छ । ५५६५ हेक्टर वन क्षेत्र भएको यस गाउँपालिकामा २०३२० हेक्टर जमीनमा खेतीपाती लगाइन्छ । विभिन्न धर्म र सस्कृति भएको यस गाँउपालिकामा महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरु समेत रहेका छन् ।
सेवाहरु


नागरिकता र फोटो


निवेदको नागरिकता
धनिपुर्जाको फोटो कपि
निवेदन


उपभोक्ता समितिको सदस्यको नागरिकता र निवेदन


१. विरामिको नागरिकताको फोटो कपि
२. सम्बन्धित वडाको सिफारिस
३. अस्पतालबाट दिएको सक्कलि रिपोर्टको कागजात


१. परिवारका सवै सदस्यको नागरिकता प्रमाण पत्र
२. नागरिकता नभए जन्म दर्ताको प्रमाण पत्र
३. विवाह भए विवाह दर्ताको प्रमाण पत्र


१. उपभोक्ता समित गठन गरेको कागजात
२. वडा सिफारिस
३. प्रविधिक इस्टिमेट
४. उपभोक्ता समितिको नागरिकताको फोटोकपि र निवेदन


१. बाबु आमाको नागरिकताको फोटोकपी
२. वडा अधक्ष्यले सिफारिस गरेको कागज
३. पासपोर्ट साइजको २ प्रति फोटो
४. विवाह भएको भए विवाह दर्ताको प्रमाण पत्र


१. बाबुको नागरिकता २. आमाको नागरिकता ३. सुचकको नागरिकता


१. मृतकको नागरिकता २. सुचकको नागरिकता