समाचार
फालेलुङ गाउँपालिकाको परिचय
फालेलुङ गाँउपालिका नेपालको सुदुरपूर्वमा पर्ने पाँचथर जिल्लाकको पनि सुदुरपूर्वी गाँउपालिका हो । भारतको पश्चिम बंगाल र सिक्कमसंग सिमाना जोडिएको यस गाउँपालिकामा कृषि, पर्यटन व्यवसयमा थुप्रै सम्भावनाहरु रहेका छन् । लेकाली बनस्पति र जडीबुटीको भण्डार रहेको यस पालिकामा पर्यटन आगमनकको समेत उत्तिकै सम्भावनाहरु रहेका छन् । फालौट क्षेत्र पर्यटन गन्तव्यको आर्कषण केन्द्र हो भने नेपाल र भारतको सिमाना समेत रहेको यस भेगमा वर्षमा ४ महिना हिंउले ढाकेको हुन्छ । लालिगुँरासको मनोरम दृष्य समेत यहाँबाट अवलोकन गर्न सकिने सम्भावनाहरु छन् । पशु व्यवसायको रुपमा गाईपालन, चौरीपालन यस गाँउपालिकाको प्रमुख आय स्रोत हो भने यहाँ उत्पादित छुर्पी, घिउ भारतको पश्चिम बंगाल, सिक्किम आदि क्षेत्रमा बिक्री वितरण हुन्छ । कुल २०७.१४ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस गाउँपालिकामा ४८४१ घरधुरी मा ११५६४ महिला र १०३२० पुरुष गरी २१८८४ जना मानिसहरुको बसोबास रहेको छ । ५५६५ हेक्टर वन क्षेत्र भएको यस गाउँपालिकामा २०३२० हेक्टर जमीनमा खेतीपाती लगाइन्छ । विभिन्न धर्म र सस्कृति भएको यस गाँउपालिकामा महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरु समेत रहेका छन् ।