FAQs Complain Problems

समाचार

फालेलुङमा पाईने गुराँस प्रजातिको फुल चिमाल

Read More

हिमाली क्षेत्रमा याक चर्दै

Read More

संरक्षणको पर्खाईमा रहेको फालेलुङ ५ मा अवस्थित भैसेपोखरी

Read More

फालेलुङ गाउँपालिकाको परिचय

नेपालको सुदूरपूर्वी जिल्ला पाँचथरको उत्तरपूर्वी भागमा फालेलुङ गाउँपालिका अवस्थित छ । यस (फालेलुङ) गाउँपालिका पाँचथरको वडा नम्बर तीन, चार, पाँच र छ एवं छिमेकी देश भारतको सिमानाको रुपमा रहेको महाभारत पर्वत श्रृंखलामा "फालेलुङ" भन्ने एउटा डाँडा छ । यो डाँडासँग यस क्षेत्रका मानिसहरुको इतिहास, जीवन, भाषा, संस्कार र संस्कृति जोडिएको पाइन्छ । फालेलुङ गाउँपालिका क्षेत्रभित्रको महत्वपुर्ण भौगोलिक एवं ऐतिहासिक स्थानहरुमध्ये यसलाई पनि एउटा मान्न सकिन्छ । सबैभन्दा प्रमुख कुरा त यसै फालेलुङ डाँडाको नामबाटै यस गाउँपालिकाको नाम पनि "फालेलुङ" राखिएको हो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यंटकहरुको लागि समेत "फालेलुङ" डाँडा एउटा नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा स्थापित हुँदै गएको पनि देखिएको छ । तत्कालिन ब्रिटिशकालिन भारतको ईतिहासमा यो क्षेत्रबाट संसारको सबभन्दा अग्लो हिमश्रृंखलाको रुपमा रहेको कुम्भकर्ण (फक्ताङलुङ) र कञ्चनजंघा (केवालुङ) हिमाल हेर्नको लागि सडक निर्माण समेत गरिएकोले पर्यटकहरुलाई घुमघाम गर्न सहज भएको पाईन्छ । 

"फालेलुङ" शब्द लिम्बु (याक्थुङ) भाषाबाटै राखिएको मौलिक स्थान नाम हो । तथापि यसको नाम कसरी फालेलुङ रहन गयो भन्ने सवालमा ईतिहासकारहरुका फरक फरक किसिमका किम्बदन्तिहरु रहेकोछ । "फालेलुङ" प्राकृतिक भु-बनावटको आधारबाट राखिएको एउटा स्थान नाम हो । यस क्षेत्रका मानिसहरु दार्जिलिङ (मुग्लान) जाँदा बाटोमा पर्ने पत्रैपत्र भएर खप्टिएको ढुङ्गाहरू देख्दथे । यसरी पत्रैपत्र खप्टिएर बनेको ढुङ्गालाई लिम्बुहरूले "कुभाक्-कुभाक् लुङ" भन्दथे भने केहीले "फाक्सीङलुङ" पनि भन्ने गर्दथे । यस डाँडामा रहेको यस्तो पत्रैपत्र भएको ढुङ्गाहरुलाई स्थानीय लिम्बुहरूले "फाक्सीङलुङ" वा "कुभाक्-कुभाक् लुङ" भन्दथे । "फाक्सीङलुङ" शब्द पछि अपभ्रंश भएर "फालेलुङ" भन्न थालियो र उक्त "फालेलुङ" (फाक्सीङलुङ) ढुङगाको नामबाटै यस ठाउँलाई पनि "फालेलुङ" भन्न थालियो । फालेलुङ गाउँपालिका क्षेत्रका लिम्बु (याङक्थुङ) हरू उहिले-उहिले सुँगुरको पाठा बेच्न उत्ता दार्जिलिङतिर जाने गर्दथे । त्यसबेला उनीहरु यहीँ डाँडाको बाटो भएर जाने गर्दथे । लिम्बुहरुले यसरी सुँगुर बेच्न दार्जिलिङ हिँडेको बेला यस डाँडामा पुगेपछि यहाँ रहेका ढुङगाहरुमा एकैछिन उनीहरुले आफ्ना सुँगुरको पाठाहरूलाई विसाउँथे र दाना–खुवाउँथे । यहाँको ढुङ्गाहरूमा यसरी सुँगुरहरू बिसाउने गरिएकोले यी ढुङ्गाहरूलाई उनीहरुले "फाक्नामलुङ" (सुँगुर बिसाउने ढुङ्गा) भन्दथे । सुँगुर बिसाउने गरिएको ढुङगालाई लिम्बुहरूले "फाक्नाम्लुङ" भन्दछन । किनभने सुँगुरलाई लिम्बुहरुले "फाक" भन्दछन र बिसाउनुलाई "नाम वा नामा" भन्दछन र ढुङगालाई "लुङ" भन्दछन । "फाक्नामलुङ" (सुँगुर विसाउने ढुङगा) लाई नै पछि "फाक्लुङ" भन्न थालियो ।  यसरी सो ढुँगा रहेको स्थानलाई "फालेलुङ" भन्न थालियो । कालान्तरमा उक्त डाँडालाई पनि "फालेलुङ" भन्न थालियो र "फालेलुङ डाँडा" नाम रहन गयो । 

 त्यस्तै अर्को भनाई अनुसार "फालेलुङ" स्थान नाम मौसम, जल-वायुको आधारमा रहेको हो । उहिले यस डाँडामा निक्कै लेक लाग्ने गर्दथ्यो । तल गाउँबाट हिँडेका मानिसहरु यस डाडाँमा रहेको पत्रैपत्र भएको ढुङगाहरुमा पुगेपछि लेक लाग्दथ्यो । लेक लागेकै कारण उता सिक्किम, दार्जिलिङ हिँडेका मानिसहरूलाई यो डाँडा काटेर जान निक्कै गाह्रो पर्दथ्यो । यसरी यहाँ पुगेपछि धेरै लेक लाग्ने भएको हुनाले यहाँ रहेको पत्रैपत्र भएको ढुङगाहरूलाई लिम्बुहरूले "फाङलेप्लुङ" (लेक लाग्ने ढुङगा) भन्दथे । खासगरी यस ठाउँमा पुगेपछि लेक लाग्ने अथवा लेक लाग्न सुरु हुने भएकोले यहाँका ढुङगाहरुलाई "फाङलेप्लुङ" भनिन थालिएको हो । लेक लाग्ने ठाउँको ढुङ्गाहरूलाई लिम्बुहरूले "फाङलेप्लुङ" भन्दछन किनभने लेक लाग्नुलाई उनीहरूले "फाङिल्आलेप्" वा "फाङलेप" र ढुँगालाई “लुङ” भन्दछन । त्यै "फाङलेप्लुङ" नै पछि "फालेलुङ" (लेक लाग्ने ढुङ्गा) भन्न थालियो । त्यै ढुङगाहरुको नामबाटै पछि यस ठाउँलाई "फालेलुङ" भन्न थालियो र सो ठाउँको डाँडालाई "फालेलुङ डाँडा" भन्न थालियो । अर्को भनाई अनुसार यस डाँडामा उहिले हिउँद लागेपछि पुरै हिउँ परेर यहाँको सबै ढुङ्गाहरू हिउँले छोपेर सेताम्मे हुन्थ्यो । सेताम्मे भएका ढुङगाहरुलाई यहाँका स्थानीय लिम्बुहरूले "फःलेक्लुङ" भन्दथे । सेतो हिउँले छोपिएको ढुङ्गालाई लिम्बुहरूले "फःलेक्लुङ" भन्दछन । “फःलेक्लुङ” अपभ्रंश भएर पछि "फालेलुङ" भन्न थालियो । कालान्तरमा "फालेलुङ" ठाउँको नाम यसरी रहन गएको पाईन्छ । यसै ठाउँको नामबाट "फालेलुङ" गाउँपालिकाको नाम राखिएको हो । फालेलुङ गाउँपालिकाको पूर्वमा भारतको सिक्किम र पश्चिम बंगाल राज्यहरु, उत्तरमा याङवरक गाउँपालिका, पश्चिममा हिलिहाङ गाउँपालिका र दक्षिणमा फिदिम नगरपालिका तथा इलाम जिल्लाको सन्दकपुर गाउँपालिका पर्दछन् ।

कुल २०७.१४ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यस गाउँपालिका ८ वटा वडाहरुमा विभक्त छ । ४८४१ घरधुरीमा ११,५६४ महिला र १०,३२० पुरुष गरी २१,८८४ जना मानिसहरुको बसोबास रहेको छ । ५,५६५ हेक्टर वन क्षेत्र भएको यस गाउँपालिकामा २०,३२० हेक्टर जमिनमा खेतीपाती लगाइन्छ ।

            नेपाल–भारत सीमा क्षेत्रमा पर्ने फालोट, तीन सिमाना, चारराते प्रचुर संभावनाले युक्त सुप्रसिद्ध पर्यटकीय गन्तव्यहरु हुन् । वर्षको ४ महिना हिउँले ढाक्ने यी क्षेत्रमा २८ प्रजातिका गुराँसहरु तथा दर्जन बढी प्रजातिका अमूल्य जडिबुटीहरु पाइन्छन् । हेंवाखोला, खेउथाम (खेओथाम) खोला, नवमीखोला, मुवाखोला आदि यहाँका प्रमुख खोलाहरु हुन । पानावा झरना, मुवा झरना, तीन छाँगे झरना (खेओथावा) आदि यहाँका मनमोहक झरनाहरु हुन् । सुकेपोखरी, लामपोखरी, भैंसे पोखरी, जलजले पोखरी, हेंवागङ्गा, नेपाली झण्डा पोखरी यस गाउँपालिकाका चित्ताकर्षक तालतलैयाहरु हुन भने , मुक्लुङ (मुक्लुङघुरी), शिवगंगा, आगेजुङ गुम्बा, पाथीभरा, महादेवस्थान, नरेलुङ धाम, हेंवाकोठी, बुढीथाम, साप्लालुङ (केःलुङ), थकेपुङ आदि यहाँका पवित्र धार्मिक स्थलहरु हुन् । पशुपालन, खेतीपाती र पर्यटन व्यवसाय नै यहाँका मानिसहरुका मूख्य पेशा हुन् । यस गाउँपालिकामा लिम्बू, राई, क्षेत्री, ब्राह्मण, मगर, तामाङ, कामी, दमाई, सार्की, भुजेल र शेर्पा आदि विविध जातजातिको साझा बसोबास रहेको पाइन्छ । यहाँको ‘प्रकृति’ र ‘संस्कृति’ मा ‘प्रविधि’ समेत जोड्न सकेमा निकट भविष्यमै फालेलुङ गाउँपालिकाको उज्यालो भविष्यको सहज परिकल्पना गर्न सकिन्छ ।

कर्मचारी विवरण ।

प्रमुख प्रशासकीय अधिकृत

9852684104

अधिकृत सातौं

9843675045

जनस्वास्थ्य निरिक्षक

9845525348

सुचना प्रविधि अधिकृत

9852684022

इन्जिनियर

9852684225

लेखापाल

9852684105

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रशुति भए पछी
जिम्मेवार अधिकारीः- स्वास्थय चौकी प्रमुख
सेवा दिने कार्यालयः- सम्बन्धित स्वनस्थय चौकी
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-

नागरिकता र फोटो

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- गाउँपालिका अधक्ष्य
सेवा दिने कार्यालयः- फालेलुङ गाउपालिका
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-

१. विरामिको नागरिकताको फोटो कपि

२. सम्बन्धित वडाको सिफारिस

३. अस्पतालबाट दिएको सक्कलि रिपोर्टको कागजात

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अधक्ष्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गराए निसुल्क तर ३५ दिन कटे रु २००
आवश्यक कागजातहरुः-

१. परिवारका सवै सदस्यको नागरिकता प्रमाण पत्र 

२. नागरिकता नभए जन्म दर्ताको प्रमाण पत्र 

३. विवाह भए विवाह दर्ताको प्रमाण पत्र 

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- फालेलुङ गाउपालिका
सेवा शुल्कः- निसुल्क
आवश्यक कागजातहरुः-

१. उपभोक्ता समित गठन गरेको कागजात

२. वडा सिफारिस

३. प्रविधिक इस्टिमेट

४. उपभोक्ता समितिको नागरिकताको फोटोकपि र निवेदन

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अधक्ष्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपी 

२. वडा अधक्ष्यले सिफारिस गरेको कागज

३. पासपोर्ट साइजको २ प्रति फोटो 

४. विवाह भएको भए विवाह दर्ताको प्रमाण पत्र 

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अधक्ष्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गराए निसुल्क तर ३५ दिन कटे रु २००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता  २. आमाको नागरिकता  ३. सुचकको नागरिकता

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अधक्ष्य
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गराए निसुल्क तर ३५ दिन कटे रु २००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता  २. सुचकको नागरिकता

जानकारी