FAQs Complain Problems

पेन डाउन गरिएको ।

यही मिति २०७४ माघ ९ गते का दिन सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद तिमल्सिनालाई गाउँपालिका अध्यक्ष श्रवण जि.सि वाट गालि, गलौज तथा दुर्व्यबहार गरी हातपात समेत गरेको घटनालाई हामी फालेलुङ गाउँपालिकाका सम्पुर्ण कर्मचारी घोर निन्दा तथा भर्तस्ना गर्दछौ । निति, कानुन, नियम तथा कार्यविधि विपरित काम गर्न दवावको फलस्वरुप यो घटना घटेको हुँदा यस प्रतिनिधिमुलक घटनाले संघीयता कार्यान्वयनको लागि मोर्चामा खटेका कर्मचारीहरुको मनोवल घट्ने तथा यस व्यबस्था प्रति नै वितृष्णा जाग्ने खतरा आउन सक्दछ । यस घटनाको घोर विरोध स्वरुप आज मिति २०७४ माघ १४ गतेका दिन १ घण्टा पेन डाउन गरी सांकेतिक विरोघ गरिने निर्णय गरिएको छ । अतः अब उपरान्त यस प्रकारको घटना नघटोस साथै जनप्रतनिधि तथा कर्मचारीको संयुक्त प्रयासमा सौहार्दत पुर्ण वातावरणमा संघीयत कार्यान्वयनमा गई यो व्यबस्थालाई सफल बनाउन तर्फ लाग्नु पर्ने  हुन्छ । राजनीतिले नीति, नियम बनाउने तथा कर्मचारीतन्त्रले त्यसको सफल कार्यान्वयन गर्ने जिम्मालाई आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नरहेको हुँदा सबैको साथ अनिवार्य रहेको छ ।

 

 

 

       फालेलुङ गाउँपालिका

गाउँकार्यपालिकाको सम्पुर्ण कर्मचारीहरु

आर्थिक वर्ष: