FAQs Complain Problems

सन्दकपुर घोषणा पत्र

मिति २०७५ मंसिर ९

सन्दकपुर घोषणा-पत्र

फालेलुङ सन्दकपुर माइजोगमाइ सिदिङवा र याङवरक गाउँपिलकाको उच्च पहाडी तथा पर्यटकिय सम्भावना भएका क्षेत्रहरुको एकिकृत रुपमा पर्याटन विकास गर्नको लागि देहाय बमोजिमको कार्ययोजना तय गरी सन्दकपुर घोषणापत्र जारी गरियो ।

  1. अन्तर स्थानीय तह सम्नवय समिति गठनः घोषणापत्रमा उल्लेखित कार्यायोजना कार्यान्वयनका लागि देहाय बमोजिमको समन्वय समिति गठन गरियो ।
  1. संयोजकः फालेलुङ गाउँपालिका अध्यक्ष ।
  2. सदस्यहरुः सन्दकपुर, माइजोगमाई, सिदिङवा तथा याङवरक गाउँपालिकाका अध्यक्षज्यूहरु ।
  3. सदस्यहरुः सदस्य गाउँपालिकाका उपाध्यक्ष ज्यूहरु तथा प्रमुख प्रशासकीय अधिकृत ज्यूहरु ।

 

उल्लेखित समितिका सदस्य सचिव फालेलुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहनेछन् ।

उल्लेखित समितिमा संघीय सांसद माननिय श्री बसन्त कुमार नेम्वाङ संरक्षक रहनुहुनेछ ।

इलाम पाँचथर तथा ताप्लेजुङ जिल्लाका प्रदेश सभा सदस्य ज्यूहरु तथा जिल्ला समन्वय समितिका प्रमुखज्यू सल्लाहाकार रहनु हुनेछ ।

  1. अन्तर स्थानीय तह समन्वय समितिले देहायका विषयहरुमा निर्णय गर्ने छ ।
  1. कञ्चन्जंघा वेस क्याम्प पदमार्ग निर्माण तथा निर्माण सहजिकरण सम्बन्धमा ।
  2. खानेपानी मोटरवाटो तथा विद्युत विस्तार लगायतका पुर्वाधार निर्माण सम्बन्धि ।
  3. चौरी संस्कृतिको उचित व्यबस्थापन सम्बन्धमा ।
  4. प्रयटकीय आवास होम स्टे संचालनका लागि क्षेत्र पहिचान गर्दै मौलिक संस्कृति र मौलिक उत्पादनको प्रवर्दन सम्बन्धमा।
  5. प्रदेश तथा संघीय सरकारसँग यस क्षेत्रको विकास सम्बन्धमा आवश्यक समन्वय सम्बन्धमा ।
  6. रेडपाण्डा जडिबुटी पानिको मुहान जलश्रोत तथा वातावरण संरक्षण सम्बन्धमा ।
  7. धार्मिक क्षेत्र पहिचान गरी धार्मिक तथा सांस्कृतिक प्रर्यटन विकास सम्बन्धमा ।
  8. तुम्लिङ सन्दकपुर चारराते तथा फालोट क्षेत्रमा संञ्चार विस्तारको लागि नेपाल टेलिकमको टावर स्थापना सम्बन्धमा ।
  9. सीमा सुरक्षाका लागि Border Out Post (BOP) निर्माण तथा सहजीकरण सम्बन्धमा ।

 

उल्लेखीत कार्यविवरण अनुरुप आवश्यक छलफल गरी दिर्घकालिन रणनीति तय गर्न समन्वय समितिको बैठक २०७५ पौष १ गते सन्दकपुर गाउँपालिकाको केन्द्रमा बस्ने निर्णय गरियो ।

 

 

 

मिति २०७५ मंसिर ९ गते रोज १ शुभम्

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: